दफा
परिषद्को स्थापना

(१) खेलकुदको विकास गर्नको लागि राष्ट्रिय खेलकूद परिषद्को नामले एक परिषद्को स्थापना हुनेछ ।

(२) उपदफा (१) बमोजिम स्थापना हुने परिषद्मा देहायका सदस्यहरु रहनेछन्ः–

(क) शिक्षा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री – अध्यक्ष

(क१) सचिव, शिक्षा तथा खेलकुद मन्त्रालय –सदस्य

(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा प्रतिभा आर्जन गरेका कम्तीमा तीनजना महिला सहित चारजना खेलाडी पर्ने गरी नेपाल सरकारबाट मनोनीत बढीमा एघार जना – सदस्य

(ग) प्रत्येक विकास क्षेत्रका क्षेत्रीय खेलकुद विकास समितिबाट सिफारिस भई आएका एक–एक जना गरी पाँचजना – सदस्य

(घ) राष्ट्रिय स्तरका खेलकूद सम्बन्धी संस्थाहरुबाट सिफारिश भई आएका व्यक्तिहरु मध्येबाट अध्यक्षले मनोनीत गरेका तीन जना –सदस्य

(ङ) नेपालका मान्यताप्राप्त विश्वविद्यालयका शिक्षाध्यक्ष वा खेलकुद तथा विद्यार्थी कल्याण शाखाका प्रमुखहरुमध्येबाट सम्बन्धित विश्वविद्यालयले सिफारिस गरेका एक–एकजनामध्ये परिषद्ले मनोनीत गरेका दुईजना – सदस्य

(च) प्रतिनिधि, शिक्षा तथा खेलकुद मन्त्रालय –सदस्य

(२क) ………………………..

(३) अध्यक्षले सदस्यहरु मध्येबाट परिषद्को उपाध्यक्ष, सदस्य–सचिव र कोषाध्यक्षको नियुक्ति गर्नेछ ।

(४) परिषद्ले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई परिषद्को बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(५) परिषद्को प्रधान कार्यालय काठमाडौंमा रहनेछ ।